​ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ को ताज रुची धितालको शीरमा

दृष्टि न्यूज

काठमाडौं । सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा धनकुटाको तुलसी मेहर स्कुलबाट एसइई परीक्षा दिएकी १६ वर्षीय रुची धितालले आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै  शीर्ष ताज जितेकी छन् भने काठमाडौंको रोजवर्ड स्कुलबाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हात पारिन भने उनले विधागत तर्फको ‘वेष्ट स्किन अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी सेकेण्डरनरअपको ताज पुष्पसदन स्कुलवाट एसइइ दिएकी पाल्मा लामाले जित्न सफल भइन भने उनले विधागततर्फ मिस फिटनेशको पनि अवार्ड हात पारिन । थर्ड रनरअप रिया खड्गी भइन भने उनले लिडरसीप अवार्ड र वेष्ट पर्सनालिटी अवार्ड पनि जित्न सफल भइन साथै फोर्थ रनरअप नाम्दु सेर्पाले जित्न सफल भइन ।
विधागततर्फ प्रेरणा भट्टराईले ‘मिस ट्याल्ेन्ट’ र वेष्ट वाकको उपाधी हात पारिन भने श्रेर्या भट्टले मिस पपुलर, विन्जु थापाले मिस क्रिएटिभ पोल्टामा पार्दा निसा श्रेष्ठले भियोर्स च्वाइस र मिस फेन्डसिप अवार्ड हात पारिन । त्यस्तै मिस फोटोजेनिक सन्तृप्ती रेग्मी, मिस एकाडमी अवार्ड आरुघाट गोरखाकी आयुसा श्रेष्ठले जित्न सफल भइन भने सफलता बुढाथोकीले मिस हेल्दी स्माइल, अस्मिता पन्जीयार मिस डिसिप्लिन, सौजना तामाङ बेष्ट हेयर,फेशवुक लाइक सलिना भुषाल, मिस पङ्चुवालिटी निरजल पौड्याल र मल्टीमिडिया अवार्ड र अर्गनाइजर च्वाइस झापाकी आकांक्षा पाठक घोषित भए ।
प्रतियोगिताको निर्णायकमा  हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी,  क्याम्पियन एकाडमीका सिनियर कोओडिनेटर रिजेश श्रेष्ठ, सेफ्टी सेनेटरी प्याडकी ब्राण्ड म्यानेजर स्वणीमा राजभण्डारी, शुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ, सिम्रिक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मिता खनाल र कान्तिपुर टिभीका सन्चारकर्मी गीता श्रद्धा अर्याल  रहेका थिए । 
प्रतियोगितामा  विजेता रुची धितालले ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८’ कोे ताज र उपाधिसहित ४७ हजार मूल्य बराबरको ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन केलेजको तर्फबाट उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रावृत्ति साथै विभिन्न उपहारहरु हात परिन । त्यस्तै गरी फस्ट रनरअप र सेकेण्ड रनरअपले भने लाभा स्माट मोवाइल फोन र नामि कलेज र क्याम्पियन कलेजमा रु. १ लाख बराबरको छात्रावृत्ति साथै विजेता ३ जना विजेताले ५ दिने बैङ्कक भ्रमणको अवसर हात पार्न सफल भए । सम्पूर्ण प्रतियोगीहरुलाई हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा ५० प्रतिशत छात्रावृत्ति र सेफ्टी सेनेटरी प्याडको तर्फबाट गिफ्ट ह्याम्पर त्यसैगरी सौय हेयर प्याकको तर्फबाट गिफ्ट ह्याम्पर र लेटमीइनको तर्फवाट सवैलाई गिफ्ट भौचर प्रदान गरिएको थियो भने कार्यक्रम सन्चालन अफिसियल कोरियोग्राफर रोजीन शाक्यले गरेकी थिइन् । 

Related News