​हिन्दू महासंघ छाडे बाँस्तोलाले

दृष्टि न्यूज

काठमाडौं, २९ फागुन । विश्व हिन्दू महासंघको वरिष्ठ उपाध्यक्षबाट अर्जुनप्रसाद बाँस्तोलाले राजीनामा दिएका छन् । विश्व हिन्दू महासंघको स्थापनाकालदेखि विभिन्न पदमा रहेर नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने कुरामा जोड दिँदै आएका बास्तोलाको भारतीय जनता पार्टीका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । भारतले नेपालमा नाकाबन्दी लगाउँदा त्यसको विरोधमा बाँस्तोलाले भाजपाका नेताहरुसँग ‘ब्याकडोर डिप्लोमेसी’ प्रयोग गरेका थिए ।
नाकाबन्दीले नेपाली जनताको जीवन अस्तव्यस्त बनेको र भारतप्रति आम नेपाली जनता नकारात्मक बन्दै गएकोले नेपाल–भारतको सम्बन्धलाई जनस्तरबाटै बलियो बनाउन भारतले नाकाबन्दी फिर्ता लिनुपर्ने कुरा विभिन्न सूत्रबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पुर्याउन बाँस्तोला सफल भएका थिए ।

Related News