बेल्जियमको ​ट्युनिसियामाथि ५–२ को सहज जीत

दृष्टि न्यूज

काठमाडौं । ‘विश्वकप’अन्तर्गत शनिबारको खेलमा बेल्जियमले ट्युनिसियामाथि ५–२ जित हात पारेको छ । यो खेलप्रेमीले अनुमान गरेभन्दा फरक रिजल्ट हो । खेल सुरु भएको छैंटौ मिनेटमै बेल्जियमले कप्तान हाजार्डको पेनाल्टी गोलमार्फत अग्रता लिए । त्यसको १० मिनेट नवित्दै लुकाकुले गोल थपेपछि बेल्जियमको साहस बढेको थियो । तर, त्यसको दुई मिनेटपछि ट्युनेनियाले गोल फर्काए । ट्नियसियाका ब्रोनले १८औं मिनेटमा गोल गर्दै २–१ को स्थितिमा ल्याएका थिए ।
पहिलो हाफको अतिरिक्त समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फेरि २ गोलको अग्रता दिलाए । दोस्रो हाफमा पनि बेल्जियम हाबी भएको थियो । ५१औं हिनेटमा हाजार्डले  गोल थपेपछि ४–१ को अन्तरमा भएको थियो ।
 ९०औं मिनेटमा बेल्जियमका लागि अर्को गोल बत्सुयीले गरे । तर, ट्युनिसयाले हार भने मानेन । इन्जुरी टाइममा ट्युनेसियाका कप्तान खाजरीले गोल गर्दै खेल ५–२ मा टुंग्यायो । आज अर्को खेल नेपाल समयअनुसार ८ः४५ मा दक्षिण र मेक्सिको तथा  ११ ः ४५ मा जमर्नी र स्वीडेन हुँदैछ । 

Related News