​अर्जेन्टिनासँग आइसल्याण्ड १–१ को बराबरी

दृष्टि न्यूज

मस्को, (एएफपी)– विश्व फुटबल जगतका बहुचर्चित अर्जन्टिनी खेलाडी लियोनल मेसीले विश्वकपअन्तर्गत शनिबार सा“झ भएको खेलमा पेनाल्टी प्रहार मिस गरेका छन् । जसले गर्दा यूरोपियन नवउदयमान समूह आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्न सफल भएको छ । 
अजैन्टिनाका सर्गियो अग्युरोले खेलको १९औ“ मिनेटमा गोल गरेर आफ्ना समर्थकलाई खुशी तुल्याएका थिए । तर, उक्त खुशीलाई आइसल्याण्डले धेरै समय रहन दिएन । खेलको २३औ“ मिनेटमा आइसल्याण्डका फिन बोगासनले गरेको सानदार गोल नै अर्जेन्टिनाको खेललाई बराबरीमा राख्न सफल सावित भएको छ । 
समूह ‘घ’ बाट भएको पहिलो खेलमा अर्जेन्टिनाको नियन्त्रणमा अधिकांश समय बल नियन्त्रण रहेपनि गोल लगाउन भने चुकेको छ । 

Related News