‘विश्वकप’मा बाजी खेलाउने ३ फक्राउ

दृष्टि न्यूज

काठमाडौं । ‘विश्वकप’मा विभिन्न देशको हार–जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिसँग अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले सोमबार बेलुका काठमाडौं महानगरपालिका १५ चागलको बज्र होटल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा म्हेपीका २२ वर्षका प्रकट महर्जन, रामघाटका  २२ वर्षका रेजिन महर्जन र चागलका २५ वर्षका सुजेन शाही रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट ६ लाख ९९ हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरुलाई हिरासतमा  राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News