​रक्तदानको सन्देष लिएर ४२ देशमा साइकल यात्रा

दृष्टि न्यूज

काठमाडौ, २६ माघ।
रक्तदानसम्बन्धि जनचेतना फैलाउन २ युवा साइकलम ४२ देश घुमेका छन्। 

रक्तदान जिवनदान को नारा सहित विश्व साइकल यात्रामा निस्केका झापा कन्काई नगरपालिका ७ निबासी युवराज मैनाली र पर्वत पाङग्राङ ४ का भेष वहादुर कडेंल  एसिया तथा युरोपका विभिन्न देशहरु  भारत ,श्रीलंका ,मालदिव्स ,इन्डोनेसिया ,जापान ,जर्मन ,इटाली ,पोल्याण्ड , अस्ट्रेलिया लगायत ४२ राष्ट्रको भ्रमण गरेका हुन्। हाल उनीहरु भ्रमणकै क्रममा अमेरिकामा छन्। 

दुई वर्षअघिको विनाशकारी भूकम्पमा घाइतेको उपचारमा रगतको चरम अभाव देखेपछि रगतदानप्रति प्रेरीत जगाउदै नेपालका विभिन्न ठाऊँमा जनचेतनाका कार्यक्रम गर्दै आफ्नो विश्व साईकल यात्रा थालनी गरिएको मैनालीले बताए। 

नेपालमा मात्र नभई विश्वमा जहा जतिसुकै बेला प्राकृतिक बिपत आउन सक्ने भएकाले रगत जस्तो महत्वपुर्ण कुरामा सजक रहनु पर्ने भन्दै संसार भरिनै रगतको अभाबमा कसैले पनि अकालमा जिवन गुमाउनु नपरोस भन्दै यो साइकल यात्रामा  निस्केको  उनी बताउँछन् ।  

 नेपालमा धेरै जसो मानिसमा रक्तदान गरेपछि कमजोर भईन्छ कि भन्ने गलत  मानसिकता ब्याप्त रहेको उक्त  सोचाईलाई बदल्न साईकल यात्रा  गरिएको कँडेल बताउँछन्। 

रक्तदान जीवनदानको साथ साथै  भुकम्प पछाडि नेपालको पर्यटन व्यवसायमा आएको कमिलाई टेवा पुर्याउने हेतुले बिश्वलाई नेपाल घुम्ने निम्तो दिदै यात्रा गरेका मैनाली र कडेलले नेपालका केहि धार्मिक ,पुराताव्विक तथा साँस्कृतिक सम्पदामा क्षेति भएता पनि हाल कुनै पनि जोखिममा नरहेकोले निर्धक्क नेपाल भ्रमणको लागि संसार भरका पर्यटक हरुलाई आह्वान गर्दै यात्राको क्रममा प्रचार समेत गर्दै आएका छन् । विश्वका सबै देश घुम्ने उनीहरुको योजना छ। 

Related News