बिश्वका चर्चित स्काईडाइभरहरु नेपालमा सम्मानित



काठमाडौं, २४ कात्तिक 
बिश्वका चर्चित स्काईडाइभरहरु नेपालमा सम्मानित भएका छन् । मोरोक्कोको नेपालस्थित अवैतानिक बाणिज्यदुतको कार्यालयले १३ जना स्काईडाइभरहरुलाई सम्मानित गरेको हो । 
एभरेष्ट स्काईडाइभको १० औं वार्षिकोत्सवको अवसरमा गत मंगरबार सम्मानित गरिएको थियो । बिश्वमै चर्चित स्काईडभाइभर मोरोक्कोका अनास बेकालीलाई बिशेष सम्मान गरिएको थियो । बकोली यस्ता साहसी स्काइडाइभर हुन् जसले दुई पटक २३ हजार फिटबाट हाम फालिसकेका छन् । मोरोक्कोको एक सय स्काइर फिटको झन्डा बोकेर उनले २३ हजार फिटबाट स्काइडाइभिङ गरेका थिए । स्काइडाइभिङ प्यारासुटको सहयोगमा प्लेन र हवाईजहाजबाट हाम फाल्ने सासही  खेल हो । 
 कार्यक्रममा एभरेष्ट स्काइडाइभमा आबद्ध ऋन्य १३ जना पनि सम्मानित भएका छन् । जसमा सुजिता शाही, टोम नुनुम्यान, वेन्डी स्मिथ,  ओमार अलहेगेलान, पाउनल हेनरी दी बारे, ¥याक ज्याकसन, टेड ज्याक्सन, ग्रेग रउ, रोस म्याक्सवेल, म्याथु योन्ट, विवेक पाण्डे र नवीन गुरुङलाई सम्मानित गरिएको हो । 
पर्यटन तथा संस्कृती मन्त्री जितेन्द्र नारायण देव, नेपालका लागि मोरोक्कोका अवैतानिक राजदुत बसन्त चौरधी र मोरोक्काको दुतावासमा डेपुटी चिफ अफ मिसन हसानी अलोवी मोसटेफीले उनीहरुलाई सम्मान गरेका हुन् । कार्यक्रममा अवैतानिक बाणिज्यदुत चौधरीले बिश्वका साहसी व्यक्तिहरुलाई सम्मानित गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । एभरेष्ट स्काईडाइभले बिश्वका साहसी पर्यटकलाई नेपाल भित्राउन सहयोग पुग्ने उनको भनाई थियो । 
मन्त्री देवले साहसी पर्यटनको विस्तारको लागि सरकारले सक्दो सहयोग गर्ने बताए । 

Related News