दमकमा यलम्बरको सालिक


दमक, २२ पुस । झापाको दमक–१० मा किरातका प्रथम राजा यलम्बरको सालिक निर्माण गरिएको छ । 

यलम्बर चोकका स्थानीय बासिन्दाले करिब रु ९ लाखको लागतमा यलम्बरको पूर्णकदको पक्की सालिक स्थापना गरेका हुन् । यलम्बर सालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिलाल राईले ५०७७ औँ यले संवत्को अवसर पारेर आउँदो माघ १ गते सालिक अनावरण गर्ने कार्यक्रम तय भएको जानकारी दिए । 

विसं २०४७ सालमा यलम्बर चोक भनी नामाकरण गरिएको सो स्थानमा पाँचफिट सात इन्च अग्लो यलम्बरको पूर्णकदको सालिक निर्माण गरिएको छ । सालिकमा दमक नगरपालिकाको रु चार लाख ५० हजार लगानी छ भने स्थानीयवासी र विभिन्न दाताबाट रु चार लाख ५६ हजार ७६३ जुटाइएको थियो । रासस 

Related News