​यामाहाको वाइएस १२५ बजारमा आउँदै

काठमाडौं, ३० फागुन । यामाहाले आफ्नो वाइबिआर मोटरसाइकललाई अपग्रेड गरि स्पोर्टस भर्सन डिजाइनमा वाइ एस १२५ बजारमा ल्याएको छ ।  
नयाँ मोटरसाइकलमा १४ लिटरको तेल ट्यांकी, युनिफाडड ब्रेकिङ सिस्टम रहेको मोटरसाइकलको क्षमता १ सय २५ सिसिको छ ।   
५ स्पीड गेयरबक्स मोटरसाइकलमा छ । यामाहा वाइएस १२५ को १५० एमएम ग्राउन्ड क्लियरेन्स छ । युरोपियन बजारमा सो मोटरसाइकल लन्च भएतापनि भारत र नेपालमा लन्च गर्न भने केही समय लाग्ने बताइएको छ ।

Related News