​ यातायात ठप्प पार्ने तयारीमा यातायात व्यवसायी, सरकारले कडा कदम चाल्ने

काठमाडौं, २७ चैत। 
सरकारले सिन्डिकेट तोड्न देशभरीका सडकमा रुट परमिट खुला गरेपछि यातायात व्यवसायीहरुले आन्दोलन गर्ने तयारी गरेका छन्। सोमबार बसेको नेपाल यातायात व्यवसायी महासंघको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। 

चरणबद्ध आन्दोलनका कार्यक्रम १÷२ दिनमै सार्वजनिक गरिने महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए। 
सरकारले यातायात व्यवस्तापन कार्यविधि निर्देशिका संशोधन गरी रुट परमिटका लागि यातायात समितिको सिफारिस नचाहिने र कम्पनी दर्ता अनिवार्य गरेपछि यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिन लागेका हुन्। सडकमा एकाधिकार तोडिएपछि उनीहरुले आन्दोलन गर्न लागेका हुन्। 
उनीहरुले सुरुमा बनेपासम्म चलेको मयुर यातायातलाई रोक्ने प्रयास गरेका थिए। कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले २१ गते सेवा नै रोकेर आन्दोलन गरेका थिए। तर, सरकारले उपत्यकाका चल्ने साझा लगायतलाई अस्थायी रुट परमिट दिएर धुलिखेलसम्म चलाएपछि उनीहरु पछि हटेका थिए। 
सरकारले कडा रुपमा प्रस्तुत भएपछि उनीहरुले देशैभरी यातायात ठप्प बनाएर आन्दोलन गर्ने धम्की दिदै आएका छन्। १÷२ दिनमै पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरिने महासंघका अध्यक्ष कर्माचार्यले बताए। 
महासंघमै आबद्ध केही व्यवसायी भने अब खुला रुपमा प्रतिस्पर्धामै जानुपर्ने पक्षमा छन्। उनीहरुले सेवा रोकेर आन्दोलन गरे कडा कारबाही गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई बताउँछन्। 

Related News