​यातायात बन्द गरे कारवाही

दृष्टि न्यूज

काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा वैशाख २० गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेका छन् । महासंघको आइतबार बसेको विभिन्न यातायात सम्वद्ध संस्थाको बैठकले सरकारले सुनुवाई नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालिन बन्दको घोषणा गरेका हुन् । यातायात विभागले भने सार्वजनिक यातायात बन्द गर्नै नपाउने दाबी गरेको छ । ‘अत्यावश्यक सेवा बन्द गर्न पाइँदैन । हामी बन्द गर्ने व्यवसायीलाई कारवाही गर्छौं’ विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए ।

Related News