​योगेश– शशिकलाको ‘आस्याङकी छोरी’

दृष्टि न्यूज

काठमाडौं । गायक तथा संगीतकार योगेश लामाले तामाङ सेलो ‘आस्याङकी छोरी’ बोलको गीत बजारमा ल्याएको छन् । रामकृष्ण लोको शब्द र गायक लामाकै संगीत रहेको उक्त गीतमा गायिका शशिकला मोक्तानले पनि स्वर दिएकी छन् ।
तामाङ समुदायमा आस्याङको छोरा र आङीको छोरीलाई सोल्टा सोल्टिनी भन्ने चलन  छ । गीतमा आस्याङकी छोरीलाई घरजम गर्न फकाइ रहेको हुन्छ । तर, आस्याङकी छोरीले उमेर नपुगेको र एक्लै जिन्दगी रमाइलो हुने गीतमा प्रस्तुत गरिएको छ । 
पवनवाङ लामाको एरेन्ज रहेको यस गीतको भिडियोलाई विश्वास भन्डारीको छायांकन र सम्पादन रहेको छ । केशव कोईरालाको निर्देशन उक्त भिडियोमा छिरिङ लामा र मिङमा डोमा शेर्पाले अभिनय गरेका छन् । 

Related News