​जनताको सपना पूरा गर्छौः नेता भट्टराई

दृष्टि न्यूज

इलाम ।
नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार काम गर्ने बताउँदै जनताको सपना पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  
इलाममा हिजोबाट सञ्चालित १ नम्बर प्रदेशस्तरीय युवा भेलामा सहभागी नेता भट्टराईले सरकार युवा पुस्ताका साथ लिएर अघि बढ्न प्रयत्न गरिरहेको बताए । नेता भट्टराईले युवा शक्तिलाई देश विकास र आर्थिक विकासमा सहभागी गराएर अघि बढ्न सरकार दृढ रहेको र त्यसको लागि बजेट समेत छुट्टाएर काम अघि बढेको बताए । प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न केन्द्र र प्रदेश सरकारले चासो राखेको बताउँदै भट्टराईले यसका लागि आवश्यक बजेटसमेत विनियोजनको तयारी गरिरहेको जानकारी दिएका छन् । 
कार्यक्रममा नेपाली काँग्रेसमा नेता गुरुराज घिमिरेले नेपाली काँग्रेसले बलियो प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउँदै स्थानीय तहमा के कसरी विकास भइरहेको छ चासो राख्न जनतालाई आग्रह गरे । उनले युवा पुस्ता झनै चनाखो हुनुपर्ने धारणा राखेका छन् ।

Related News