
बैठक आगामी चुनावमा केन्द्रीत हुनेछ–योगेश भट्टराई

बुधबारदेखि नेपाक(एमाले)को केन्द्रीय कमिटि बैठक सुरु भएको छ । सोही बैठकका विषयमा एमाले सचिव योगेश भट्टराईसँगको कुराकानी
अध्यक्षको राजनीतिक प्रतिवेदन प्रधानमन्त्री प्रचण्ड र भारतप्रति ‘आक्रामक’ रूपमा आएको छ नि, किन ?
अध्यक्षले सातौँ केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदनका रूपमा धारणा प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमा प्रस्तुत सबै विषयमाथि बैठकमा छलफल हुने नै छ । भारत, माओवादी केन्द्र र कांग्रेसलाई हेर्ने दृष्टिकोणलगायत सबै विषय प्रतिवेदनमा प्रस्तुत भएका छन् । बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, स्थानीय निकायको पुनर्संरचना (संख्या र सीमा), पार्टी प्रवेश गरेकाहरूको व्यवस्थापन, प्रदेश संगठन कमिटीका सम्बन्धमा, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यहरूको कार्य्विभाजन, स्थायी समितिका निर्णयको अनुमोदन र केन्द्रीय आयोगका प्रतिवेदनसहित आठवटा एजेन्डा छलफलका लागि प्रस्तावित छन् । अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश, केन्द्रीय विभाग र फाँटसहित केन्द्रीय कमिटी सदस्यका नौवटा समूह बनाइएको र ती समूहले बिहीबारदेखि सुझाब राख्ने क्रम सुरु हुनेछ र त्यसपछि मात्रै प्रतिवेदनले आधिकारिकता पाउनेछ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षको आलोचना बढी नै छ जस्तो देखिन्छ नि ?
माओवादी केन्द्र र एमालेबीचको गठबन्धनमा अघिल्लो सरकार बनेको थियो । इतिहासको चुनौतीपूर्ण घडीको त्यो सरकारले छोटै अवधिमा पनि राष्ट्रिय हित र समृद्धिका पक्षमा उल्लेखनीय काम ग–यो । तर, विनाकारण, विनासन्दर्भ र उद्देश्य त्यो गठबन्धन तोडेर माओवादी केन्द्र कांग्रेससँग मिली अर्कै गठबन्धन बनाउन पुग्यो । त्यसकारण माओवादीले किन गठबन्धन तोड्यो ? भन्ने विषय पार्टीपंक्तिलाई प्रस्ट पार्नुपर्ने भएका कारण उहाँले प्रतिवेदनमा प्रस्ट्याउन खोज्दा बढी आलोचना गरिएको देखिएको हो । यतिवेला एमालेविरुद्ध अनेकन प्रकारका भ्रम सिर्जना गर्दै मुलुकको राष्ट्रियता कमजोर बनाउने प्रयास भइरहेका कारण पनि विभिन्न शक्ति केन्द्र र नेपालका अन्य पार्टीका भूमिकाका विषयमा प्रतिवेदनमा प्रस्ट्याउन खोजिएको छ ।
बैठकबाट के निष्कर्ष निकाल्दै हुनुहुन्छ ?
यो बैठकबाट हामी पार्टीको आन्तरिक परिचालनलाई विशेष जोड दिनेछौँ । त्यस्तै, बैठकले पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउने काम गर्नेछ । साथै, आगामी चुनावलाई ध्यान दिँदै एमालेले विशेष संगठनात्मक परिचालन अभियान घोषणा गरी अघि बढाउनेछ । आगामी चुनावमा बहुमत ल्याउने उद्देश्यसाथ बैठकमा पार्टीका गतिविधि अघि बढ्नेछन् । ( क्भभ mयचभ बतस्
Related News
- सम्बन्ध सुधार र विश्वासको वातावरण बनाउनेमा नेपाल–भारत दुवै गम्भीर छन्- डा. भेषबहादुर थापा, परराष्ट्र मामिलाविज्ञ
- प्रधानमन्त्री ओलीको भ्रमणपछि नेपाल–भारत सम्बन्धमा थप न्यानोपन आउँछ- भगतसिंह कोस्यारी, पूर्वउपाध्यक्ष, भाजपा
- न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानुन ल्याउँछु : कानूनमन्त्री तामाङ
- न्यायपरिषद्का सचिवको पत्र न्यायालय र लोकतन्त्रमाथि ‘कु’ हो- डा. भीमार्जुन आचार्य संविधानविद्
- ‘निश्चित अवधिपछि समानुपातिक प्रणाली खारेज हुनैपर्छ’- पद्माकुमारी अर्याल, सांसद, नेकपा एमाले
खेलView More..
भर्खरैView More..
बैंकर्स संघद्वारा ११ प्रतिशतमा ब्याज कायम गर्ने सहमति
बर्तौलालाई अखिल कार्यवाहक अध्यक्षको जिम्मेवारी
सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्री आग्रह
पूर्व मन्त्री, पूर्व संसद र पूर्व राजदुत सहित नयाँ शक्तिका २०० नेता कार्यकर्ता एमालेमा प्रवेश
यस्तो विवाह : जो दुलाहाले प्रश्नहरुको सामान गर्दै...!