​युवा गायक परिवर्तनको ‘सम्भब छैन हामी एक हुन’ लोकार्पण

रोल्पा, २४ पुस । रोल्पाली लोकप्रिय युवा गायक अशोक वली परिवर्तनको ‘सम्भब छैन हामी एक हुन’ बोलको लोकदोहोरी गित सार्बजनिक भएको छ ।
जिल्ला समनबय समिति रोल्पाको नयाँ हलमा, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रोल्पाको आयोजना लोकार्पण भएको उक्त गितको लोकार्पण रोल्पा ‘ख’ बाट निवार्चित प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनले गरे । लोकर्पण तथा बधाई ज्ञापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद पुनले गित, संगित क्षेत्र पनि परिवर्तनको संबाहक भएको बताए ।
युबा गायक परिवर्तनको ‘सम्भब छैन हामी एक हुन’ तेस्रो गित हो । यस अघि गायक वलीले २ वटा गित बजारमा ल्याएका छन । जीवन जिउन प्रिरती लाईन्छ – उनको पहिलो लोकदोहोरी गित हो भने देश कस्तो बनाउने हाम्रै हातमा छ नाम युबामैत्री भाका वलीको दास्रो एल्बम हो ।
सार्बजजिक भएको गितमा युबा गायक वलीकै र चर्चित लोक गायिका राधिका हमालले स्वर दिएका छन । उक्त गितको लय र शब्द भने गायक वलीकै रहेको छ । लोकार्पण भएको गित समिक्षा एबम् अशोक वली परिवर्तनको ब्यक्तित्वका बारेमा रोल्पाली अग्रज साहित्यकार डि.बी टुहुरोले गरे ।
बधाई ज्ञापन समेत रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती, जिल्ला स्थीत बिभिन्न संघ संस्थाका प्रतिनिधि साहित्यकार, कलाकार, पत्रकारहरुको सहभागिता रहेको थियो । 
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रोल्पाको आयोजना भएको लोकार्पण कार्यक्रममा मिलन रोकाको अध्यक्षता रहेको थियो । प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दिपेन थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहसचिब भिमकुमार वलीले गरेका थिए ।

Related News