Logo
Logo

नेपालीले अफगानिस्तान छाड्न थाले


819
Shares

काठमाडाैं । राजधानी काबुलमा तालिवान प्रवेश गरेपछि नेपालीहरुले अफगानिस्तान छाड्न थालेका छन् । तालिवानले देश छाड्न चेतावनी दिएपछि रोजगारीका लागि पुगेका नेपाली श्रमिकले अफगानिस्तान छाड्न थालेका हुन् ।

उनीहरु कोही आफ्नै प्रयासमा र कतिपय नियोगहरुको सहयोगमा अफगानिस्तानबाट बाहिरिन थालेका हुन् । आइतबार दिउँसो नेपालीसहित ३०० जना काबुलबाट दोहा पुगेका छन् ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्न सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा कार्यदल गठन गरेको छ ।

गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्त्व हुनेगरी समिति बनाइएको र समितिले काम पनि सुरु गरेको छ ।

नेपालीलाई अफगानिस्तानबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको चार्टर विमान भदौ १० गते बिहान त्यसतर्फ जाने पनि भएको छ ।

विद्रोही संगठन तालिवानले धम्की दिएपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पनि देश छाडेका छन् ।

अलजजिराका अनुसार उनी ताजकिस्तानतर्फ लागेका छन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि राष्ट्रपति र उपराषट्रपतिले देश छाडेका हुन् । तालिवान विद्रोही अफगानिस्तमानमा विजय नजिक रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्