काठमाडौं । जब राजनीति गर्नेसँग अजेन्डा सकिन्छन्, त्यसपछि उनीहरुको साम्प्रदायिक अजेण्डा अंगाल्छन् । कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गराएर पार्टी फुट्ने अवस्थामा पु¥याएका नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि त्यही बाटोमा लागेका छन् ।
एकपछि अर्काे राजनीतिक कुकृत्यका कारण राष्ट्रिय राजनीतिमा एक्लिएपछि संकटमा परेका ओलीले हिन्दु धर्मको अजेन्डा लिएर अघि बढ्न तयारी गरेका छन् । देशमा हिन्दु धर्मावलम्वी ८० प्रतिशत भन्दा धेरै रहेकाले उनीहरुको भोट तान्न अन्य पार्टी हिन्दु धर्म विरोधी देखाउने र आफु कट्टर हिन्दुवादी देखाउने रणनीति उनले तय गरेका छन् । भारतमा भाजपा जसरी हिन्दु मतदाताको आडामा सत्ता चलाइरहेको छ ओली पनि बालकोटामा बसेर त्यही रणनीति बनाइरहेका छन् ।
यसका लागि ओली निकट व्यक्तिहरुले अन्य दलका नेताहरुलाई हिन्दु विरोधी र क्रिश्चियनका समर्थक रहेको भनेर मिथ्या प्रचारको अभियान नै थालिसकेका छन् । त्यसको पछिल्लो उदारण नेकपा एकीकृत(समाजवादी)का अध्यक्ष माधव कुमार नेपालको फोटो तोडमोड गरेर प्रचार हो । नेता नेपालले लगाएको कोटमा क्रिश्चियन धर्मावलम्बीहरुले प्रयोग गर्ने क्रस चिन्ह थपेर उनीहरुले यसको प्रचार गरेका थिए । हालै नयाँ पार्टी गठन गरेका नेता नेपालको पार्टीमा गाउँ–गाउँसम्म एमाले कार्याकर्ताको आकर्षण देखिएपछि उनीहरुलाई भड्काउन यस्तो प्रचार गर्न लगाइएको थियो । तून झूट धेरै दिन भने टिक्न सकेन ।
एकपछि अर्काे राजनीतिक कुकृत्यका कारण राष्ट्रिय राजनीतिमा एक्लिएपछि संकटमा परेका ओलीले हिन्दु धर्मको अजेन्डा लिएर अघि बढ्न तयारी गरेका छन् । देशमा हिन्दु धर्मावलम्वी ८० प्रतिशत भन्दा धेरै रहेकाले उनीहरुको भोट तान्न अन्य पार्टी हिन्दु धर्म विरोधी देखाउने र आफु कट्टर हिन्दुवादी देखाउने रणनीति उनले तय गरेका छन् । भारतमा भाजपा जसरी हिन्दु मतदाताको आडामा सत्ता चलाइरहेको छ ओली पनि बालकोटामा बसेर त्यही रणनीति बनाइरहेका छन् ।
नेता नेपाल मात्र होइन सो समूहले कांग्रेस नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा लगायतलाई पनि चर्चका संरक्षक भनेर झुटा विवरणहरू राखेर प्रचार गराइरहेका छन् । स्रोतका अनुसार बालकोटकै निर्देशनमा अन्य नेताहरुलाई हिन्दुविरोधी भनेर जनतामा भ्रम फैलाउन संगठित रुपमा नै यस्ता मिथ्या सामाग्रीको सम्प्रेषण भइरहेको छ । जुन काम ओली ‘साइबर सेना’ले गरिरहेको छ ।
त्यसो त नेकपामा अल्पमतमा परेलगत्तै ओली हिन्दु धर्मको अजेन्डामा लागेका थिए । माडीमा राम मन्दिर स्थापना गर्नेदेखि पशपुतिमा करोडौंको सुनको गजुर राख्न लगाएका थिए । हिन्दु राष्ट्रको नारा उठाउँदै आएका राजावादी कमल थापा लगायतको समूहसँग पनि उनको गठजोड छ । यसले के देखाउँछ भने आगामी चुनावमा हिन्दु धर्मकै अजेन्डामा ओली आफ्नो अस्तित्व कायम राख्ने संघर्षमा हुनेछन् ।
राजनीतिक रुपमा ओली यदी बदनाम भइसकेका छन् कि उनीसँग कोही पनि सहकार्य गर्ने स्थामा छैनन् । जसकारण आगामी चुनावमा पत्तासाफ हुने देखेपछि ओलीले धर्मको अजेन्डा अघि बढाएका छन् । भारतमा भाजपा नेताहरुजस्तै चर्काे हिन्दुवादी बन्ने उनको तयारी छ । यसले भारतमा जस्तै नेपालमा पनि धार्मिक द्वन्द्व बढ्ने र त्यसले ठूलो समस्या निम्ताउने जोखिम देखिएको छ ।