काठमाडौं । कोभिड-१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजबाट काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका लगायत कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्राको खोप दिन लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारीलाई अस्पतालबाट खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप अस्पतालमा दुई दिनसम्म दिइनेछ । बाँकी स्थानीय तहमा तीनदिनसम्म खोप लगाउन पाइने सुविधा छ ।
खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।