Logo
Logo

‘एकीकृत समाजवादीका खेलाडी पहिल्यै चिनिसकेको थिएँ’


21.2k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीबाट फिर्ता हुन नचाहेका एकीकृत समाजवादीका सांसदहरूलाई ‘खेलाडी’ भन्दै कटाक्ष गरेका छन् ।

एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेता पनि कार्यान्वयन हुन नसकी झन–झन समस्याको विषय बन्दै गएका बेला भट्टराईले यस्तो कटाक्ष गरेका हुन् ।

पार्टी विभाजनको समयमा माधव नेपाल र झलनाथ खनाललाई ती व्यक्तिहरू तपाईंहरूको नियन्त्रणमा रहन नसक्ने सुझाव दिएको स्मरण गर्दै योगेशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमानेपछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टीएको पलको स्मरण भईरहेको छ ।’

अहिले एकीकृत समाजवादीमा पार्टीको निर्णय नमान्नेलाई आफूले पार्टी विभाजनकै क्रममा चिनेको भन्दै उनले लेखेका छन्, ‘हेर्दै जाउँ, हामीले त्यतिबेला नै चिनेका खेलाडीहरू कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ ।’

एकीकृत समाजवादीमा पछिल्लो समय मन्त्री हेरफेरको विषयले किचलो बढ्दै गएको छ । मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने पार्टीको निर्णय हालका मन्त्रीहरूले मानेका छैनन् ।

४ मन्त्रीसहित १० सांसदले विहीबार बेलुका अध्यक्ष नेपाललाई चिठी लेखेर आफूहरूलाई जबरजस्ती हटाउन खेजिएको भन्दै विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्