Logo
Logo

अब्बल नेपाल प्रहरी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । नेपाल प्रहरीलाई कतिपय मिडियाले जनपद प्रहरी भनेर लेख्ने गरेकोम महानिरीक्षक सर्वेन्द्र खनाल असन्तुष्ट छन् । उनको भनाइमा नेपाल प्रहरी भनेको नेपाल प्रहरी हो, त्यसभित्र जनपद र सशस्त्र प्रहरीको युनिट पनि छ । त्यसैले नेपाल प्रहरीको विषयमा समाचार लेख्दा नेपाल प्रहरी नै भनेर लेख्न पत्रकारहरुसँग अनुरोध गरे ।

आइतबार बिहान प्रहरी प्रधान कार्यालयमा पत्रकारहरुसँग अन्तक्र्रिया गर्दै महानिरीक्षक खनालले नेपाल प्रहरी दक्षिण एशियामै अब्बल भएको दाबी गरे । उनले भने– यो वर्षमात्रै ७२.८ प्रतिशत मुद्दा अदालतबाट जितेका छौँ । यो प्रतिशत भनेको गत वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि हो । यो वर्ष ४० हजार ३७१ जना पक्राउ परे । तिनीहरुमाथि अनुसन्धान गरेर प्रमाणको आधारमा मुद्दा चल्यो । त्यही भएर नेपाल प्रहरीले सफलता हासिल ग¥यो ।

सुन तस्करी, सीमामा हुने तस्करी रोक्न पनि नेपाल प्रहरी सक्रिय भएको छ । यो वर्ष मात्र नेपाल प्रहरीले २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ राजश्वमा योगदान गरेको छ । प्रहरीले जनताको मन र विश्वास जित्न समुदायसँग प्रहरी कार्यक्रम सञ्चालन गरेको छ । जुन कार्यक्रमले स्कूल, कलेज र समुदायसँग प्रहरीलाई नजिक बनाएको छ । कार्यक्रममा पत्रकारहरुले निर्मला पन्तको हत्यारा कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका थिए । जवाफमा महानिरीक्षक खनालले प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्