Logo
Logo

कतारले विश्वकप फुटबलका लागि ४ हजार नेपाली श्रमिक लैजाने


2k
Shares

दोहा । आगामी नोभेम्बरदेखि सुरु हुने फुटबल विश्वकप लागि नेपाली श्रमिक कतार लैजान सरकारले अनुमति दिएको छ।

छ महिनाभन्दा छोटो अवधिका लागि कतारले झन्डै चार हजार नेपाली श्रमिक लिन चाहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

सरकारले शून्य लागतमा श्रमिक लैजाने कम्पनीलाई मात्र अनुमति दिएको बताएको छ। तर केही म्यानपावर कम्पनीले श्रमिकहरूसँग रकम असुल्न थालेको गुनासा आएको मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताए।

कतारले छाेटाे समयका लागि कामदार लैजाँदा कामदारकाे तलब सुविधा बढि हुने पनि सहसचिव पोखरेलले बताए । नेपालबाट विषेशगरी सेक्युरीटी गार्ड सरसफाई र स्वास्थ्यको क्षेत्रमा कर्मचारीहरु लैजाने सम्झौता भएको उनले जानकारी दिए ।

सन् २०२२ को नोभेम्बर २१ तारिखबाट डिसेम्बर १८ सम्म फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको छ। कतारमा हुने प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्