Logo
Logo

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बृहत रक्तदान कार्यक्रम


252
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सद्वारा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

देशका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागी भएका थिए । कम्पनीका प्रमुख संचालक अधिकृत दिनेश अमात्यका अनुसार सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, धरान, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराहि, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिए ।

२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।
आफ्ना ग्राहक वर्गहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताए ।

जीवन बीमाबारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ जीवन बीमा ब्यवसाय सञ्चालन सुरु गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्