Logo
Logo

लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा


3.2k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमदीप थाम्सुहाङले एक कार्यक्रमवीच हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।

पार्टी एकता भए पनि लोसपाको नाम, झण्डा र छाप नै रहने भएको छ । लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले नेपालले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ ।

जिल्ला प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्