Logo
Logo

‘द्वारकाधाम’ अब नेपालमै, बुधबार शिलान्यास


2.7k
Shares

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ ।

भारतको चारधाम (बद्रिनाथ, रामेश्वरम, द्वारकाधाम र जगनाथपुरी) लाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम बुधबार शिलान्यास गरिने पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिए ।

४ धाममध्येको एक धाम हो, द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्न गुजरात जाने गर्छन् । नेपालमा मुक्तिनाथ, पाशुपत, रुरु, र बराह क्षेत्रलाई चारधाम भनिन्छ ।

भक्तपुरमा निर्माण हुन लागेको द्वारकाधामका लागि स्थानीय अर्जुन बस्नेतलगायतले ८ रोपनी जग्गा उपलब्ध गराएका छन् । २० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । स्था

नीय, प्रदेश र सङ्घीय, सरकार तथा विभिन्न दाताको सहयोगमा मन्दिर गरिने नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्