Logo
Logo

पैसा फ्याकेर निर्वाचन जित्ने विकृति हटाऔं : दुर्गा पौडेल


126
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेले निर्वाचनमा पैसा फ्याक्ने अनि जित्ने विकृतिका कारण महिला निर्वाचन लड्न डराउनुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधि सभामा माओवादी सांसद अमृता थापाले राखेको महिलाको प्रतिनिधित्व सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा बोल्दै उनले यस्तो माग गरेका हु्न् ।

उनले भने, ‘फलाम तातेकै समयमा हिर्काउन जरुरी छ, अहिले निर्वाचनको कानुन बनाउने समय भएकाले अहिले नै यो कानुनमा बहस हुनुपर्छ र विभेद हटाउनुपर्छ ।’

उनले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपपा राखेको टिप्पणी गरिन् । महिला सांसदहरुलाई समानुपातिकमा राख्ने अनि विभेद हुने कार्य भएको भन्दै अब कानुन नै बनाएर जानुपर्ने उनको भनाइ छ ।

गठबन्धन नै गरेर गएपनि फरक लिङ्ग नै चाहिने कानुन हुनुपर्ने भन्दै उनले महिलाहरु प्रत्यक्ष निर्वाचनमा भाग लिने वातावरण बनाउनका लागि सम्बन्धित कोटा छुट्टाउनुपर्ने माग गरिन् ।

उनले हरेक पाँच वर्षमा यो रोटेशन हुनसक्ने भन्दै यसमा सुनिश्चित हुनुपर्ने बताइन् । उनले महिला र दलितलाई कोटा व्यवस्था नगर्ने हो भने पछाडी परेको वर्गलाई अगाडि ल्याउन नसकिने उनले दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्