Logo
Logo

नेपालको महिला आन्दोलन एनजिओको कब्जामा : सुदन किराती


14.9k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य सुदन किरातीले नेपालको महिला अन्दोलन एनजिओको कब्जामा रहेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा अमृता थापाले पेस गरेको ध्यानाकर्षण प्रस्तावको छलफलमा भाग लिँदै उनले नेपालको महिला अन्दोलन कोमामा पुगेको बताए ।

उनले महिला अन्दोलन पुरुष अहंकारले भरिएको पार्टीकरण र पुरुषको आज्ञामा खाने प्रथाको खास्तुभित्र लुकिसकेको बताए । उनले भने, ‘आज महिला आन्दोलन कोमामा गइसकेको छ । एनजिओको कभरभित्र पसिसेको छ । यति मात्रै होइन पुरुष अहंकारले भरिएको पार्टीकरण भएको छ । पुरुषको आज्ञामा खाने प्रथाको खास्तुभित्र लुकिसको छ ।’

केही समयअघि संसदको दुवै सदनबाट पास भएको नागरिकता विधेयकले पनि महिलालाई अन्याय गरेको उनको भनाइ छ । उनले भने, ‘एउटा बुबाले सन्तानलाई सीडीओ कार्यालयमा लगेर नागरिकता बनाउन जाँदा आमा नदेखाउनु पर्ने अनि जन्मदिने आमाले चाहिँ छोराछोरीलाई नागरिकता दिलाउनु पर्दा बुबा पत्ता लाग्नुपर्ने ? बुबाको पहिचान नभए बुबाको पहिचान नभएको भनेर उल्लेख गर्नुपर्ने कति उत्पिडन छ ।’

उनले महिलाको सहभागीता विना दुनियाँको राजनीति र सामाजिक परिवर्तन असम्भव हुने बताए । उनले भने, ‘महिलाहरुको अभुतपूर्वक सहभागिताले नेपालमा लोकतन्त्रिक गणतन्त्र स्थापना भयो । व्यवस्था बदलियो तर देशको संरचना, पितृ सतात्मक सोच र मनोविज्ञान कहिल्यै बदलिएन ।’

टर्की र सिरिया क्षेत्रमा रहेको कुर्दीस् जातिको उदाहरण दिँदै महिलाविना परिवर्त असम्भव भएको बताए । संसारमा महिला आन्दोलन त्यहाँ मात्रै भएको तर्क गरे ।

उनले भने, ‘टर्की र सिरिया क्षेत्रमा कुर्दीस् भन्ने एउटा जाति छ । उनीहरुको संगठन केकेपी भन्ने छ । संठगनको सिद्धान्त नै के छ भने महिलाविना परिवर्त सम्भव छैन । परिवर्तनको वाहाक नै महिला हो । र, महिला ज्ञानको स्रोत हो भन्ने छ । उनीहरुले शसक्त संघर्ष गरिरहेको छ । रोजाबु भन्ने ठाउँमा सत्ता पनि सञ्चाल गरिरहेको छ । संसार माहिला जिवित छ भने त्यहीँ ठाउँमा छ, नेपालमा त महिला आन्दोलन कोमामा गइसक्यो ।’

संविधानमै स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने भएपनि अपवादबाहेक प्रमुखमा महिलान नभएको सांसद किरातीले बताए । उनले भने, ‘प्रमुख र उपप्रमुख बनाउने विषयमा संविधानमा किटान छ । तर, उपवादबाहेर महिला प्रमुख छैनन् ।’

महिला कोटामा पनिठूला घरानाकाे महिला भएको उनले बताए । उनले भने, ‘ हामीले महिलाको अधिकार त उठाइराखेका छौँ, त्योसँगै वर्ग पनि जोड्नुपर्छ । महिलाको कोटामा यहाँ ठूला घरनाको मान्छे आइरहेका छन् । उनीहरुको विरुद्धमा बोल्नु पर्छ कि पर्दैन ? आधारभुत महिलाहरु संसदका कसरी आइपुग्ने हामीले सोच्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्