Logo
Logo

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !


882
Shares

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा तथ्याङ्क विधेयक दफावार छलफल सदनमा प्रस्तुत हुनेछ भने आजै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको सचिवालयले सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्