Logo
Logo

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द


756
Shares

ताप्लेजुङ । विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि ताप्लेजुङको मैवाखोला माध्यमिक विद्यालय बुधबारदेखि बन्द गरिएको छ ।

कक्षा १० का एक विद्यार्थीको एन्टिजेन रिपोर्ट देखिएपछि १० दिनका लागि बन्द गरिएको प्रधानाध्यापक भक्तबहादुर लिम्बूले बताए । यसैबीच विद्यालय रहेको मैवाखोला गाउँपालिका–२ मा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।

गाउँका धेरै जना बिरामी परेको पालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । परीक्षणका लागि एन्टिजेन किटलगायतका सामग्री स्वास्थ्य केन्द्रमा रहेको र विशेष सावधानी अपनाउने काम भइरहेको वनेमले बताए ।

प्रतिक्रिया दिनुहोस्