Logo
Logo

उपत्यकामा एकैदिन २७ सय ४१ चालकमाथि कारवाही


1.1k
Shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७ सय ४१ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियमको पालना नगर्ने उक्त सवारी चालकमाथी बुधबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादप पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेज देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् ।

बाँकी २ हजार ३ सय २६ जना सवारी चालकलाई भने अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्