Logo
Logo

वन नियमावली खारेजको माग गर्दै फेकोफाेनको प्रदर्शन


2.1k
Shares

काठमाडौं । वन नियमावली २०७९ तत्काल खारेज गर्नुपर्ने भन्दै सामूदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) प्रदर्शनमा उत्रिएको छ ।

फेकोफोनले बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । वन मन्त्रालयबाट २०७९ असार १९ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९, नेपालको संबिधान, संघियता, वन ऐन २०७६, सामुदायिक वन अधिकार र महिला अधिकार बिरोधी भएको फेकोफेनका अध्यक्ष भारति पाठकले बताइन् ।

वन क्षेत्रमा योगदान पुराउने सामुदायिक वन उपभोक्तालाई समेत पार्नेगरि नियमावली ल्याएकाले निरन्तर विरोध गर्नुपरेको अध्यक्ष पाठकको भनाइ छ । यसअघि पनि महासंघले विरोध गरेको थियो ।

समुदायिक वन उपभोक्ताको अधिकारी कटौती भएको विषयमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि राज्यले नसुनेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्