Logo
Logo

ए डिभिजन लिग पुसमा हुने


567
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ । बुधबार एन्फा कम्प्लेक्समा बसिरहेको एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ गतेबाट चैत ४ गतेसम्म गर्ने निर्णय गरेको हो ।

ए डिभिजन लिग सकिए लगत्तै चैत ६ देखि बी डिभिजन लिग सुरु हुनेछ । बी लिगका २०८० वैशाख १५ गते सम्पन्न हुनेछ । त्यस्तै सी डिभिजन लिग भने २०८० वैशाख १८ गतेबाट जेठ २७ गते सम्म आयोजना गर्ने एन्फाको योजना रहेको छ । गत वर्ष फागुनमा सम्पन्न ए डिभिजन लिगमा मछिन्द्र फुटबल च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्