Logo
Logo

एमालेले गठन गर्‍यो केन्द्रीय निर्वाचन परिचालन कमिटी


3.7k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन् । परिचालन कमिटीमा जनसंगठनका अध्यक्ष र महासचिव सहित केन्द्रीय विभागका सचिव रहने छन् ।

प्रतिक्रिया दिनुहोस्