Logo
Logo

‘मेयर साब गाडी निकाल्नुस्, सबै फोहोर बागमती फालीदिऊँ’


7.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्की काठमाडौंको फोहोर बागमती फाल्ने प्रस्ताव राखेका छन् । बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्ष कार्कीले सो प्रस्ताव राखेका हुन् ।

मुख्य सडक वा टुँडिखेलमा फोहोर थुपार्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘बञ्चरेडाँडा दिँदैन, सिसडोल पनि दिँदैन । त्यसोभए शंखमुलदेखि टेकुसम्म बागमतीमा फालौं । आजैबाट बागमतीको पुलबाट फोहोर फाल्ने हो ।’

उनले संघीय सरकारप्रति आक्रोश पोख्दै भने ‘सरकार राजधानीको समस्या टुलुटुलु हेरेर बस्छ न बञ्चरे डाँडोमा फोहोर फाल्न दिन्छ न त कुनै सहयोग नै गर्छ यस्तै हो भने हामी पनि सरकारविरूद्ध उत्रिनुपर्छ मेयर साब अहिले नै गाडी निकाल्नुस्, ट्रक लिएर युयान पार्कबाट सबै फोहोर बागमती फालीदिऊँ ।’,

काठमाडौंबासीलाई नर्कमा राख्न खोजिएको उनको अरोप थियो । उनले भने ‘आज रातभरि सबै फाेहाेर बागमती फालाैं बल्ल सरकारले कस्लाई गोली हान्न आउँछ हेरौंला हिम्मत छ कसैको लागौं कि त टुडिँखेलमा फोहोर राखौं आर्मीको गोली खाऔं होइन भने बाग्मती मै बगाइिदऊँ।’,

अर्का वडाध्यक्ष जात्रा भएकाले अस्थायी फोहोर व्यवस्थापन गर्ने ठाउँ खोज्नुपर्ने बताए । उनले भने, ‘भोलि जात्रा छ । हामीले के गर्ने हो गर्छौं । तर फोहोर उठाउँ। कोर एरियामा ठाउँ नभएको बताउँदै अस्थायी फोहोर व्यवस्थापन गर्ने ठाउँ दिनसमेत कतिपय वडाध्यक्षको माग थियो ।

उपमेयर सुनिता डंगोलले फोहोरको समस्याको अपजश महानगरले लिनुपर्ने बताउँदै व्यवस्थापनमा जोड दिए । जात्राको समय भएकाले यसमा थप संवेदनशील हुनुपर्ने धारणा राख्दै उनले भने, ‘भोलिसम्म अल्पकालीन रुपमै बाटो देखाउन नसक्ने हो भने त्यसको भागिदार हामी नै हुनुपर्छ । हाम्रो ध्यान गएको छ। प्राथमिकतामै राख्दा पनि समस्या आइरहेको छ ।’

मेयर शाहले महानगरकका गाडी र मसिनरी तोडफोड भएको तथा बाटो बनाइरहेका कारण फोहोर व्यवस्थापनमा समस्या आएको स्पष्ट पारेका थिए । बर्खा भएका कारण भनेको समयमै बाटोको काम पूरा नहुँदा थप समस्या परेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्