Logo
Logo

धूमधामका साथ मनाइयो गाईजात्रा


819
Shares

काठमाडौं । काठमाडौं उपत्यकालगायत नेपालभाषी बसोबास रहेको ठाउँहरुमा गाईजात्रा पर्व धूमधामका साथ मनाइएको छ ।

यस दिन वर्षभरिमा दिवंंगतको सम्मान तथा सम्झनामा गाईको प्रतिक बनाइ त्यसलाई नगर परिक्रमा गराइन्छ । गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास रहँदै आएको छ ।

धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुरमा मुलुकका अन्य भागमा मनाउने भन्दा भिन्न र मौलिक शैलीमा मनाइन्छ । भक्तपुरमा गाईजात्राको प्रमुख आकर्षण घिन्ताङकिसी र माक प्याख नाच भएकाले गाईजात्रा हेर्न भीड लाग्ने गरेको छ ।

हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने तथा मृतआत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने कथन छ ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएपछि गाईजात्रा शुरु भएको मान्यता छ ।

घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरुप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्