Logo
Logo

प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले निर्वाचनमा प्रचार गर्न नपाउने !


3.5k
Shares

काठमाडौं । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, प्रदेशमन्त्री र स्थानीय तहका जनप्रतिनिधिले निर्वाचनको प्रचार गर्न नपाउने भएका छन् ।

निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहितामा प्रधानमन्त्री तथा मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरु निर्वाचन प्रचारमा खट्न नपाउने व्यवस्था गरेको छ ।

प्रधानमन्त्री, बहालवाला मन्त्री र स्थानीय तहका जनप्रतिनिधि निर्वाचन प्रचारमा खटिँदा त्यसले प्रभाव पार्ने आयोगको ठहर छ ।

आयोगद्वारा प्रस्ताव गरिएको आचारसंहितामा प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक निकायमा रहेका पदाधिकारीले सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न पाउने छैनन् ।

यसैगरी राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट , टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरनजस्ता सांकेतिक सामग्री उत्पादन गर्न वा प्रदर्शन गर्न नपाइने व्यवस्था गर्ने आयोगको प्रस्ताव छ ।

दलहरुसँगको छलफलपछि उक्त आचारसंहितालाई अन्तिम रुप दिने आयोगको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्