Logo
Logo

तानसेनका पूर्वमेयरसहित एमाले नेता एकीकृत समाजवादी प्रवेश


1.8k
Shares

पाल्पा । नेकपा एमालेबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा तानसेन नगरपालिकाबाट प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यसहितका नेता, कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तानसेन नगरपालिकाका पूर्वनगरप्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठक, कार्यपालिका सदस्य भीमबहादुर कुमाल, वडा सदस्य शिव थापा, विनिता लुँइटेल, नेता माधवप्रसाद पाठकलगायतका नेता कार्यकर्तालाई खादा लगाएर स्वागत गरेका हुन् ।

वरिष्ठ नेता खनालले पाल्पा जिल्ला कम्युनिस्टको क्षेत्र भएकाले सोही अनुसार ढुक्क काम गर्न र संगठन बलियो बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पूर्व नगरप्रमुख शाहीले एमालेले यथास्थितिवादी र प्रतिक्रियावादीहरुलाई दोषारोपण गरेर जनताको बहुदलीय जनवाद र माक्र्सवादलाई नागरिकसामु साक्षी राखेर सत्तामा पुगेको पार्टी एमालेभित्र आन्तरिक लोकतन्त्रको उपहास गर्दै व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने कूकर्म बढ्दै गएको बताए ।

उनले एमालेभित्र संगठन सुदृढीकरण तथा वैचारिक वहस र सुझावलाई निषेध गर्ने काम भएपछि कम्युनिस्ट पार्टी र जनसंगठनका लागि जीवन अर्पेका कार्यकर्ताहरुमा उत्साह मरेको बताए ।

पूर्वउपप्रमुख लक्ष्मी पाठकले एमालेमा सत्तामा मात्र नभई पार्टी नेतृत्वमा समेत चाकडी र दलालीकरणलाई यो वा त्यो नामबाट संस्थागत गर्ने प्रवृत्ति हुर्कंदै गएको आरोप लगाए ।

पार्टीका नीति, सिद्धान्त, विचार र पद्दती कुल्चिने काम भएको बताउंदै नेतृत्वमा रहनेहरुको अदूरदर्शिता र गलत रवैयाका कारण पार्टी छाड्न बाध्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्