Logo
Logo

मुख्यमन्त्री लालबाबुलाई तत्काल राजीनामा दिन उपेन्द्रको निर्देशन


32.3k
Shares

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान र बेटी बचाऊ, बेटी पढाऊ अभियानमा चरम अनियमितता भएको ठहर गर्दै संलग्नमाथि अख्तियारले मुद्दा दायर गरेपछि जसपाले आफ्नो पार्टीबाट मुख्यमन्त्री भएका राउतको राजीनामा मागेको हो ।

जसपाका अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन निर्देशन समेत दिएका छन् । आफ्नो पार्टी नेतृत्वको सरकार हुँदा चरम भ्रष्टाचार हुनु दुःखद रहेको भन्दै अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई राजिनामा दिन निर्देशन दिएका हुन् ।

मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष संलग्नतामा सञ्चालन गरिएको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान  अन्तरगत साइकल वितरण कार्यक्रममा ठूलो भ्रष्टाचार भएको भन्दै अख्तियारले तीन महिना अगाडि मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात जफत गरेको छ ।

अख्तियारले कागजात जफत गरी गरेको अध्ययनका क्रममा भ्रष्टाचार भएको ठहर गर्दै भ्रष्टाचारमा संलग्नमाथि मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्