काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् ।
बिहान साढे ६ बजे ५ जना बन्दकर्ताको समूहले एक्कासी महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेका हुन् ।
कोटेश्वरबाट बालकुमारीतर्फ गइरहेको उक्त बसमाथि ढुंगा प्रहार गरी सिसा फुटाएर भागेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।
उनीहरूको खोजि भइरहेको मैनालीले बताए ।