Logo
Logo

चितवनमा ६ सवारी साधन तोडफोड, ५ जना पक्राउ


189
Shares

फाइल फाेटाे

चितवन । बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् ।

चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पु¥याएका छन ।

चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।

आज नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित ४ साना दलले नेपाल बन्दको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्