Logo
Logo

समाजवादी प्रेस संगठनको प्रथम स्थापना दिवस भब्य रुपमा मनाउन निर्देशन


756
Shares

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले आफ्नो प्रथम स्थापना दिवस भब्य रुपमा मनाउने भएको छ ।

यहि भदौं १० गते शुक्रबारको दिन समाजवादी प्रेस संगठन नेपालको स्थापना दिवसको अवसरमा हरेक जिल्ला शाखालाई भब्य रुपमा स्थापना दिवस मनाउन केन्द्रीय समितिले निर्देशन दिएको छ ।

मधेश प्रदेश समितिले पनि जिल्ला शाखालाई स्थापना दिवस मनाउन निर्देशन गरेको छ । प्रदेश समितिले जिल्लाका हरेक शाखामा कुनै एक कार्यक्रम गरि स्थापना दिवस मनाउन अनुरोध गरेको छ ।

मधेश प्रदेश समितिका अध्यक्ष प्रविण शाहले पनि आफ्नो पदाधिकारीलाई कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्