Logo
Logo

एकीकृत समाजवादीको प्रचार विभागको उपप्रमुखमा दामोदर अर्याल


4.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय प्रचार विभागको उप प्रमुखमा दामोदर अर्याल मनोनित भएका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले जारी गरेको अत्तर पार्टी निर्देशन ७ मा उनलाई विभागको उपप्रमुखमा मनोनयन गरेको जनाइएको छ ।

अर्याल उपप्रमुखमा मनोनित भएसँगै उपसंयोजकको जिम्मेवारी दुई जनाले सम्हाल्नेछन् । समाजवादी प्रेस संगठनका अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य शम्भु श्रेष्ठ पनि विभागको उपप्रमुख छन् ।

अर्याललाई प्रचार विभागका प्रमुख तथा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले कार्यालयमा स्वागत गरेका थिए ।

पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्लाका पार्टी सह–इन्चार्जको रहेको अर्याल अर्याल लामो समयदेखि समसामयिक विषयमा कलम समेत चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्