Logo
Logo

त्रिवि नेविसंघद्वारा उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक, कुर्सीमा जुत्ताको माला


504
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ ( नेविसंघ)ले त्रिवुभवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्तोलाको कुर्सीमा जुत्ताको माला राखेर विरोध जनाएको छ ।

नेविसंघ त्रिविले परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइ दिएको हो । छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको धेरै समयमा पनि माग सुनुवाइ नभएको र उपकुलपतिलाई भेट्न जाँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाएको त्रिवि नेविसंघका उपसभापति लक्ष्मण भाटले बताए ।

नेविसंघले ‘नालायक भीसी राजीनामा दे, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर, उपकुलपतिलाई बर्खास्त गर, त्रिविको प्राज्ञिक गरिमा कायम गर, विश्वविद्यालय शान्ति क्षेत्र घोषणा गर’ लगायतका चर्का नारा लगाएका थिए ।

नेविसंघले शैक्षिक एजेण्डाका विषयमा खबरदारी गर्दा उल्टै हामी माथि दमन गर्ने उपकुलपति प्राडा धर्मकान्त बास्तोलालाई उपकुलपतिको कार्यपक्षमा रोक लगाउनुका साथै उनको कुर्सीमा जुत्ता राखेर विरोध जनाएको भाटले जानकारी दिए ।

विद्यार्थीका साझा माग नसुनेपछि र वार्ताबाट उपकुलपति भागेपछि हामीले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाएको भण्डारीले बताएका छन्। नेविसंघ निकट विद्यार्थीहरुले उपकुलपतिको कार्यकक्षमा बसेर धर्ना समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्