Logo
Logo

सुरक्षा अधिकारीसँग राष्ट्रपतिको अर्थपूर्ण संवाद


34.4k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् । बुधबार साँझ राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिएका सुरक्षा अधिकारीहरु र पूर्वसुरक्षा अधिकारीहरूसँग शीतल निवासमा छलफल गरेका हुन् ।

दोस्रो कार्यकालको सकिनै लाग्दा उनले आफ्ना सुरक्षा अधिकारीहरुलाई बोलाएर धन्यवाद ज्ञापन गरेको स्रोतको भनाइ छ । भेटमा नेपाली सेनासहितका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको बताइएको छ । यस छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भण्डारीले पछिल्लो समय अन्य विभिन्न पेसा व्यवसायका व्यक्तिहरूलाई पनि भेट गरेका छन् । सन्देशसहित फिर्ता पठाइएको नागरिकता विधेयक संसदबाट जस्ताको तस्तै पास गरेपछि राष्ट्रपति भण्डारीले छलफललाई तिव्रता दिएका छन् । उनले केही दिनअघि कानुन व्यवसायीहरुसँग सम्वाद गरेका थिए ।

उनी पहिलो पटक २०७२ कात्तिक १२ मा निर्वाचित भएका थिए । त्यसैगरी दोस्रो पटक २०७४ फागुन २९ मा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्