Logo
Logo

नेपाल र केन्याबीचको पहिलो टी–२० आज


441
Shares

काठमाडौं – नेपालले आज केन्यासँग पहिलो टी–२० खेल खेल्दैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गतको पहिलो खेल नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेलका रुपमा खेल्ने भएको हो ।

नेपालले अफ्रिकन राष्ट्र केन्याको पहिलो पटक भ्रमण गरेको नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन लागेको हो । यस्तै टी-२० क्रिकेटमा नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् ।

यद्यपी भिसा समस्या कारण नेपाली टिमका ११ खेलाडी मात्र हाल केन्या पुगेका छन् । ११ खेलाडीसहित १४ जनाको टोली मंगलबार केन्या पुगेको हो । बाँकी खेलाडी नेपालको खेलअघि नै नैरोबी पुग्ने छन् ।

नेपाल र केन्या दुवै टिमको टी-२० अन्तर्राष्ट्रिय मान्यता भएपछि हुन लागेको पहिलो खेलले दुई देशबीचको सम्बन्ध अझ बलियो हुने विश्वास लिइएको छ । नेपालले केन्यामा पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्