Logo
Logo

कमल थापाले भने- अवैध संरचना भत्काउने महानगरको काम प्रशंसनीय


1.8k
Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहको कदमप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् । उनले महानगरको अवैध संरचना भत्काउने साहको कदमलाई प्रशंसनीय भन्दै समर्थन जनाएका हुन् ।

सामाजिक संजाल ट्वीटरमा बिहीबार बिहानै ट्विट गर्दै अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमाडौं महानगरका मेयर साहको प्रयास प्रशंसनीय भएको बताएका छन् ।

उनले तत्काल केही असुविधा भएपनि यसले दीर्घकालमा सबैलाई फाइदा हुने भन्दै यस कार्यमा सबैले सहयोग गर्न आव्हान गर्दै मेयर साहले राम्रो काम गरेकोले उक्त कामलाई निरन्तरता दिन शुभकामनासमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्