Logo
Logo

दसैंका लागि ३ हजार खसीबोका ल्याइने


252
Shares

काठमाडौं । सरकारले यसवर्षको दसैंका लागि ३ हजार खसी बोका तथा च्याङग्रा ल्याउने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ ।

उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौंमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङग्रा काठमाडौंमा आउनेछन भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ ।

गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्