Logo
Logo

राप्रपा नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने


1.1k
Shares

काठमाडौं । निर्वाचन आयोगले आफुले दावी गरेको निर्वाचन चिन्ह नदिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ ।

निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटरमा स्टाटस पोष्ट गर्दै आयोगले आफ्नो पर्टीले पटक-पटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गरेको बताउदै त्यसकोविरुद्ध अदालत जाने बताएका हुन् ।

‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्