Logo
Logo

भदौ १५ भित्र सिट बाँडफाँटको टुंगो लाग्छ : प्रचण्ड


1.3k
Shares

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाहिर हल्ला भएजस्तो गठबन्धनमा असहमतिको अवस्था नरहेको बताएका छन् । उनले भदौ १५ भित्र गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लाग्नेसमेत बताए ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘बाहिर चर्चा भएजस्तो एकदमै धेरै समस्या त्यस्तो केही छैन । हामी निरन्तर छलफलमा छौं । कार्यदलले काम गरिरहेको छ ।’ उनले राष्ट्रपतिबाट नागरिकता विधेयक स्वीकृत हुनेमा आफू विस्वस्त रहेको बताए ।

राष्ट्रपतिका कतिपय व्यवहार स्वाभाविक नदेखिएको टिप्पणी गर्दै उनले भने, ‘राष्ट्रपतिबाट नागरिकता विधेयक स्वीकृत हुन्छ भन्नेमा म विश्वस्त छु । कतिपय व्यवहार स्वाभाविक देखिएको छैन । तर, यसले त्यस्तो केही संकट निम्त्याउने म देख्दिनँ ।’

प्रतिक्रिया दिनुहोस्