Logo
Logo

धनकुटामा पनि ‘जनतासँग कांग्रेस अभियान’


1.4k
Shares

धनकुटा । नेपाली कांग्रेस धनकुटाले जनतासँग कांग्रेस अभियान सुरु गर्दै टोल–टोलसम्म पुग्ने बताएको छ ।

केन्द्रिय सदस्य सुनिलबहादुर थापा र केन्द्रिय प्रतिनिधि राजिव ढुंगानाले संयुक्त रुपमा अभियानको उद्घाटन गरे । यस अभियानमार्फत कांग्रेस प्रत्येक मतदातासम्म पुग्ने कांग्रेसको योजना छ ।

अभियानबाट कांग्रेसले गरेका राम्रा कामको प्रचार गाउँ–गाउँसमम्म पुग्ने र कांग्रेसका पक्षमा जनलहर बढ्ने नेताद्वयले बताएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापतिहरु हरि कुमार राई, अग्नीप्रसाद पौडेल, प्रदेश सांसद लिला सुब्बा लगायतले जनतासँग अभियानले मतदातासँग कांग्रेस प्रत्यक्ष रुपमा पुग्ने भएकाले कांग्रेसले संघ र प्रदेशको निर्वाचन जित्ने दावी गरे ।

सो अवसरमा जिल्ला सभापति दिनेश राईले खटाएको पदाधिकारीलाई पालिकामा खाटाइएको पत्रसमेत प्रदान गरे । सभापति राईले जिल्ला समितिको कोषाध्यक्षमा सरस्वती मगरलाई मनोनयन गरेको सचिव विजय सन्तोषी राईले बताए ।

प्रतिक्रिया दिनुहोस्