काठमाडौं । गत वर्षको चर्चित सुन तस्करी प्रकरणमा विशेष अनुसन्धान टोलीले बदमासी गरेको खुलेको छ । हचुवाको भरमा अनुसन्धान र अभियोजन गरेको भन्दै सर्वाेच्च अदालतले अनुसन्धानमाथि गम्भीर प्रश्न उठाएको छ । उच्च अदालत विराटनगरका कारण नभई अनुसन्धान टोलीको लापरबाहीका कारण सो मुद्दाका धेरै अभियुक्त छुट्ने अवस्था रहेको सर्वाेच्च अदालतको आदेशबाट प्रष्ट भएको छ ।
पाँच सयभन्दा थप व्यक्तिहरुमाथि अनुसन्धान गर्नुपर्ने सुझावसहित पौडेल नेतृत्व नेतृत्वको अनुसन्धान टोलीले दिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै रोकिएको छ । गत वर्ष १६ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । प्रतिवेदनमा प्रहरीको कुनै निकायबाट सो घटनाको थप अनुसन्धान गर्न सिफारिस गरिएको थियो । सो गिरोहका नाइकेहरुले प्रतिवेदन कार्यान्वायन रोकेका छन् ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले गत वर्ष ७७ जनाविरुद्ध ३८ क्विन्टल सुन तस्करी गरेको भन्दै मुद्दा दायर गरेको थियो । सुन बरामद गर्न नसकेको, कतिपयलाई प्रतिशोधका आधारमा मुद्दा चलाएको र केही ठूला व्यापारीलाई उन्मुक्ति दिएको भन्दै गत वर्ष नै छानबिन टोली विवादमा परेको थियो । सर्वाेच्च अदालतले सो मुद्दाको अदालती बन्दोबस्तीको १७ नम्बर अन्र्तगतको सुनुवाइमा बयानदेखि अभियोजनसम्म कमजोरी औंल्याएको छ । जसकारण मुद्दाका धेरै आरोपीहरु साधरण तारेख तथा धरौटीमा छुटेका छन् ।
अनुसन्धानमा प्रश्न नै प्रश्न
यो मुद्दामा सर्वाेच्च अदालतले विभिन्न प्रश्नहरु उठाएको छ । जस्तो कि संगठित अपराध स्वतन्त्र मुद्दा हुन सक्छ कि सक्दैन ? ७७ मध्ये एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई संगठित अपराध मुद्दा मात्र चलाइएको छ । जबकि संगठित अपराध मुद्दा अन्य अपराधमा जोडिएर आउँछ । कुनै पनि अपराध संगठित रुपमा धेरै जना मिलेर गरेको अवस्थामा यो मुद्दा पनि जोडिने हो । अभियोगमा यति कुरा पनि ख्याल नगरी तीन प्रहरीविरुद्ध मुद्दा चलाइएकोमा समेत विवाद भएको छ । यो प्रश्न एसएसपी लोहनीको आदेशमा सर्वाेच्चले उठाएको छ ।
एसएसपी लोहनीविरुद्ध अनुसन्धानमै गलत नियत राखेको सर्वाेच्चको भनाई छ । एकातर्फ उपस्थित हुन भनेर पत्र काटेको छ भने अर्कोतिर पत्र नबुझ्दै फरार अभियुक्तका रुपमा बयान नै नगरी मुद्दा चलाइएको खुलेको छ । उनले माथिल्लो निकायलाई जानकारी दिएरै अनुसन्धान गरेकाले थुन्नुपर्ने आवश्यकता नभएको सर्वाेच्चको आदेशमा छ ।
आफ्नै ब्याची बसन्त कुमार लामाले उनलाई फसाएको चर्चा प्रहरीमा छ । एसएसपी लामा मात्र होइन डिएसपी सुदीपराज पाठकले समेत सो प्रकरणमा व्यापक चलखेल गरेका थिए । अभियोजनमा समेत बदनियत सर्वाेच्च अदालतले नै औल्याएपछि उनीहरुमाथि समेत छानबिन र कारबाहीको माग प्रहरीमा उठेको छ । कतिपय व्यापारीलाई जोगाउन समेत उनीहरुको हात थियो ।
अन्य अभियुक्तहरुको हकमा पनि छानबिनमा धेरै चलखेल भएको सर्वाेच्चले प्रष्टाएको छ । अभियुक्तमध्ये महावीर प्रसाद गोल्यान अग्रवाललाई १० लाख धरौटीमा छाड्ने आदेश सर्वाेच्चले गरेको छ । अनुसन्धानको क्रममा उनको राम्रोसँग सनाखत गराउन नसकेको भन्ने आधारमा उनी धरौटीमा छुटेका छन् । अभियुक्त टेकराज मल्ल ठकुरीले उनलाई चाचाजी भनेको तर उनी नै भनेर प्रष्टाउन नसकेको भनिएको छ ।
अर्का अभियुक्त रामकुमार तिवारीको हकमा सुन तस्करीमा उनले कसरी सहयोग गरेको भन्ने कुरा नै अभियोजनमा खुलाइएको छैन । मदन सिलवालविरुद्धको मुद्दामा पनि सनम शाक्यले सुनको रेट सोधेकै आधारमा थुन्न नमिल्ने भन्ने सर्वाेच्चको आदेश छ । उनीविरुद्ध थप प्रमाण संकलनमा अनुसन्धान टोलीले चासो दिएन । मदनप्रसाद घिमिरेको हकमा पनि कसरी तस्करीमा सहयोग गरेको भन्ने नै अभियोगमा प्रष्ट पारिएको छैन । त्यसकारण उनी पनि छुटेका छन् ।
राजकुमार दारुकाविरुद्धको मुद्दामा पनि सुन तस्करीमा संलग्न गिरोहका को–कोसँग उनको सम्पर्क थियो भन्ने उल्लेख नगरिएको सर्वाेच्च अदालतले जनाएको छ । अर्का मुख्य अभियुक्त मानिएका राजेन्द्रकुमार शाक्यको सन्दर्भमा पनि कमजोर प्रमाणकै कारण उनी १० लाख धरौटीमा छुटेका छन् । छुटेका जो–जो अभियुक्त छन् उनीहरुको मुद्दामा अनुसन्धानमा लापरबाही र चलखेल भएको प्रष्ट भएको छ ।
मुख्य अभियुक्त समातिएनन्
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३८ सय केजी केजी सुन तस्करी गर्ने गिरोहका मुख्य १० जना अझै फरार छन् । उनीहरुमाथि पक्राउमा प्रहरीले चासो दिएको छैन । प्रहरीले ११ जनालाई रेड नोटिस तथा दुई जना विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । जसमा दुई जना मात्र पक्राउ परेका छन् । प्रहरीले हरिशरण खड्का र बेनु श्रेष्ठलाई दुबईमा पक्राउ गरी नेपाल ल्याएको छ । दुबईमै समातिएका रमेश उप्रेतीलाई आठ महिना बित्दा पनि प्रहरीले ल्याउन सकेको छैन ।
सो गिरोहका मुख्य नाइके सुनसरी धरान–३ स्थायी ठेगाना भएका मोहन कुमार अग्रवाल फरार नै छन् । कालिकास्थानस्थित उनको घरमा प्रहरीले छापा हानी गाडी लगायत सामान बरामद गरेको थियो । छापा हान्नु केही दिनअघि सूचना पाएर उनी भारत भागेका थिए । मुद्दा दायर गरिसकेपछि अनुसन्धान टोलीले उनको घरमा छापा हानेको थियो । जसलाई शंकास्पद रुपमा लिइएको छ ।
उनीसहित बाजेको सेकुवाका मालिक चेतनाथ भण्डारी (चेतन), सिरहा धनगढीमाई–१२ का रोहित आचार्य,सोलुखुम्बु दुधखण्ड– ८ का टुकबहादुर मगर, सुनसरीको धरान– २ का कृष्ण बस्नेत, झापा शिव सतासी–६ घर भएका कृष्ण गोपाल अग्रवाल, झापाको मेचीनगर–१३ का मोहम्मत उस्ताम मियाँविरुद्ध इन्टरपोलले समेत ‘रेड नोटिस’ जारी भएकोमा उनीहरु फरार छन् । त्यस्तै फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको छ ।
पाँच सयभन्दा थप व्यक्तिहरुमाथि अनुसन्धान गर्नुपर्ने सुझावसहित पौडेल नेतृत्व नेतृत्वको अनुसन्धान टोलीले दिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै रोकिएको छ । गत वर्ष १६ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । प्रतिवेदनमा प्रहरीको कुनै निकायबाट सो घटनाको थप अनुसन्धान गर्न सिफारिस गरिएको थियो । सो गिरोहका नाइकेहरुले प्रतिवेदन कार्यान्वायन रोकेका छन् ।
असफल अनुसन्धान
कुनै पनि अनुसन्धानमा दशी महत्वपूर्ण हुन्छ । यति ठूलो अनुसन्धानमा सयौं व्यक्तिमाथि छानबिन हुँदा पनि प्रहरीले तस्करी भएको सुन हरायो वा कसले लुट्यो भन्ने सम्म पत्ता लगाउन सकेन । विशेष अनुसन्धान टोलीले तस्करीमा सहयोग गर्ने अवकाशप्राप्त डिआइजीलाई समेत पक्राउ ग¥यो । तर सुन भने पत्ता लगाउन सकेन । जसले यो मुद्दा कमजोर हुन पुगेको थियो ।
थाई एयरलाइन्सका लोडर सानु वनले विमानस्थलबाट मध्यवानेश्वरस्थित चुडामणि उप्रेती ‘गोरे’ को कार्यालयमा बुझाउन ल्याएको सुन हराएको थियो । वनको विमानस्थलभित्रै हवाई इन्धनको ट्याङकरमा ठोक्किएर मृत्यु भयो । उनको मृत्यु भएकाले सुन पत्ता लगाउन नसकिएको अनुसन्धान टोलीमा काम गरेका एक प्रहरी अधिकारी बताउँछन् ।
कोलकत्तामा ६ महिनाअघि भेटिएको ३३ किलो सुन नै त्यही हराएको सुन भनेर छानबिन टोलीका अधिकारीले प्रचार गरेका थिए । जुन गलत साबित भयो ।
सुन तस्करी र सुन तस्करीकै विवादमा उर्लाबारीका सनम शाक्यको हत्या मुद्दामा ७७ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरुविरुद्ध संगठित अपराध, हत्या र अपहरण गरी तीन वटा मुद्दा चलेको हो ।
२० बैसाख २०७५ मा जिल्ला प्रहरी कार्यालय मोरङले २९ जनालाई पक्राउ गरी ३४ जनालाई फरार अभियुक्त बनाएर ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अनुसन्धान गर्ने क्रममा थप १४ जनाको संलग्नता खुलेको थियो ।
थप अनुसन्धान गरी प्रहरीले राम तिवारी, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवालविरुद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये आचार्य, अधिकार र श्रेष्ठ धरौटीमा छुटे। त्यहीबेला सन्दीप खड्का फरार अभियुक्त बनाएर मुद्दा दायर गरिएको थियो । तेस्रो चरणमा विमल पोद्दार, प्रभात अग्रवाल, राजुकुमार दारुका, शैयद अकबर शाह र इम्तियाज उद्दिनविरुद्ध पूरक अभियोगमा कारवाही अघि बढाइयो ।
सोझा डिएसपी फसे
सो प्रकरणमा ९ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । जसमा चार जनालाई थुनामा राख्ने आदेश भएको छ । थुनामा राख्ने आदेश भएकामध्ये एक हुन् डिएसपी संजय राउत ।
अनुसन्धानको क्रममा गोरे समूहलाई सहयोग गर्नेमा सबभन्दा कमजोर संलग्नता उनको देखिएको थियो । विमानस्थलमा काम गर्दा एसपी विकासराज खनालको निर्देशनमा आफूले गोरेका मान्छेहरुलाई पास दिएको र उनले कहिलेकाही फोन गर्ने उनले स्वीकार गरेका छन् । त्यही स्वीकार गरेकै आधारमा उनलाई थुनामै राख्ने आदेश भएको छ । तर, तत्कालिन डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाललाई भने साधरण तारेखमा छाड्ने उच्च अदालतको आदेश सर्वाेच्चले समेत सदर गरेको छ ।
डिएसपी राउतसहित एसएसपी श्याम खत्री, हवल्दार अम्बरबहादुर थापा र जवान विष्णु खड्कालाई थुनामै राख्ने अदालतको आदेश छ । जवान खड्काले आफूले सुन एसएसपी, एसपी र डिएसपीको कोठामा पु¥याउने गरेको बयान दिएका थिए । अभियुक्त मोहन काफ्लेबाट बरामद डायरीमा विभिन्न प्रहरीलाई पैसा दिएको विवरण उल्लेख थियो ।